आइतबार, भाद्र २८ गते २०८३
images

जारी त्रिकोणात्मक टी–२० सिरिजमा ओमानलाई हराउँदै नेपाल ३७ रनले विजयी

एक्सप्रेस पाना
आश्विन १४, २०८१ सोमबार
  • 352
    SHARES
  • जारी त्रिकोणात्मक टी–२० सिरिजमा  ओमानलाई हराउँदै नेपाल ३७ रनले विजयी

    काठमाडौं । नेपालले ओमानमाथि जित हासिल गरेको छ । 

    images

    गएराती सम्पन्न  जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो ।

    नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको ओमान १९.१ ओभरमा अल आउट हुदै १३९ रन मात्र बनाएपछि नेपाल ३७ रनले विजयी भएको हो ।

    images

    ओमानका लागि शोएब खानले सर्बाधिक ४५ रन बनाए भने राफिउल्ल्हले ३३ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर करण केसीले ३ व्केट लिएका थिए भने कुशल भुर्तेल र गुलशन झाले २–२ विकेट लिएका थिए ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएको थियो । नेपालका लागि गुलशन झाले सर्बाधिक ४० रन बनाए भने कुशल मल्लले ३०, अनिल शाह र आसिफ सेखले २७–२७, कुशल भुर्तेलले २० तथा दिपेन्द्र सिंह ऐरीले ५ बलमा १८ रन बनाएका थिए ।

    यो नेपालको सिरिजमा दोस्रो खेलमा पहिलो जित हो । अब नेपालले यस सिरिजमा अर्को खेल मंगलबार क्यानडासँग र बुधबार  ओमानसँग खेल्ने छ ।

  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक टी–२० सिरिज