आइतबार, भाद्र २८ गते २०८३
images

पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग आजदेखि सुरु

एक्सप्रेस पाना
आश्विन १४, २०८१ सोमबार
  • 458
    SHARES
  • पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग आजदेखि सुरु

    काठमाडौं । पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) आजदेखि सुरु हुँदैछ।  

    images

    राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबारदेखि नेपालको पहिलो फ्रेन्चाइ लिग भलिबल सुरु हुन लागेको हो। इन्फिनिटी ड्रिम्सद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा बहुप्रतीक्षित इडब्लुभिएलको तयारी पूरा भएको जानकारी दिएको छ।

    असोज १९ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा इडब्लुभिएलमा टोली मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थन्डर्स, कर्णाली यस्विसले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा उच्चस्तरका विदेशी खेलाडीको सहभागिता रहने छ।

    images

    यस लिगका लागि हरेक टोलीमा १२ खेलाडी छन् । हरेक टिमले एक मार्की खेलाडीसहित ड्राफ्टबाट आठ/आठ खेलाडी अनुबन्ध गरेका छन् । एक खेलाडी ट्यालेन्ट हन्टबाट लिएका छन् । तीन विदेशी खेलाडी कोर्टमा उत्रन पाउने छन्। यद्यपि गण्डकी थन्डर्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । 

     

  • सम्बन्धित विषय:

  • # एभरेस्ट महिला भलिबल लिग