शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नख्खुको बाढीमा परेकालाई प्रतिकुल मौसमका कारण समयमै उद्धार गर्न सकिएन:गृहमन्त्री लेखक

एक्सप्रेस पाना
आश्विन १५, २०८१ मंगलबार
  • 279
    SHARES
  • नख्खुको बाढीमा परेकालाई प्रतिकुल मौसमका कारण समयमै उद्धार गर्न सकिएन:गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले विपद्पछि खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने कामलाई प्राथमिकताका साथ गरिरहेको बताएका छन् । 

    images

    मंगलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले असोज ११ र १२ गतेको विपद्पछि सरकार तत्कालै खोज तथा उद्धारमा सक्रिय भएको बताए । ललितपुरको नख्खुमा बाढीमा परेका सर्वसाधारणहरूलाई समयमै उद्धार गर्नका लागि सरकार पुगेको भएपनि सम्भव नभएको उनको भनाई छ ।

    उनले भने,"नख्खुमा सरकारको उपस्थिति भएन, सरकार पुग्नै सकेन। सरकारले हेर्नै सकेन भन्ने होइन। हामीले प्रयत्न गरेको हो। सशस्त्र प्रहरी, नेपाल प्रहरी पनि त्यहाँ गएको छ। प्रहरीले उहाँहरूलाई उद्धार गर्ने प्रयत्न गरेको छ,’। ‘हेलिकप्टरबाट पनि उद्धार गर्न सकिन्छ कि भनेर प्रयास गरिएको हो। प्रतिकुल मौसमका कारणले भएन। प्रयत्न गर्दागर्दै पनि उहाँहरू बग्नुभयो। ३ जनाको उद्धार भयो। २ जना बेपत्ता भएको अवस्था छ। सरकारको उपस्थिति नभएको, जाँदै नगएको, हेर्दै नहेरेको होइन। कोशिस गरेको हो।"

    images

    उनले खोज, उद्धार, राहत, बिरामीहरुको उपचार, घाइतेहरुको उपचार र सडक आवागमनलाई सुचारू गर्ने विषयमा सरकार केन्द्रीत भएको बताए । 

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री
  • # रमेश लेखक