आइतबार, भाद्र २८ गते २०८३
images

जारी त्रिकोणात्मक टी–२० सिरिजमा ओमानमाथी नेपालको शानदार जित

एक्सप्रेस पाना
आश्विन १७, २०८१ बिहीबार
  • 322
    SHARES
  • जारी त्रिकोणात्मक टी–२० सिरिजमा ओमानमाथी नेपालको शानदार जित

    काठमाडौं ।  जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । 

    images

    गएराती सम्पन्न खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको हो ।

    नेपालले दिएको १५८ रनको लक्ष्य पछाएको ओमानले १७.५ ओभरमा १०१ रन बनाएको थियो । ओमानका लागि जीशान मक्शुदले सर्बाधिक ३५ रन बनाए भने कप्तान अकिब इलियासले २२ रन बनाएका थिए ।

    images

    त्यस्तै नेपाली बलर कुशल भुर्तेलले ३, कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र रिजन ढकालले २–२ विकेट लिएका थिए । यस अघि नेपालले पहिला ब्याटिंग गर्दै कप्तान रोहित पौडेल ५६ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १५७ रन बनाएको थियो ।

    योसंगै यस सिरिजमा नेपालले ४ खेलमा २ खेल जितेको छ । नेपालले क्यानडाविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो भने ओमानविरुद्धका दुवै खेल जितेको हो ।

  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक टी–२० सिरिज