काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘मैझारो’ सार्वजनिक भएको छ ।
गीतमा शब्द, सङ्गीत र स्वर प्रशान्त शिवाकोटीको छ । गीतले मुख्य पात्रहरूका जीवनकथा बोकेको छ । विशेष गरीसमुदायको प्रेम, वियोग, बिछोड र पीडालाई प्रस्तुत गरेको छ । चलचित्रमा यसअघि दुई गीत ‘काँधेकुरी’ र ‘दाहिने हातैमा’ सार्वजनिक भैसकेका छन् । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गतेबाट प्रदर्शनमा आउँदै छ ।
चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ । ‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र हो ।
सेभेन सिज र बासुरी फिल्मसको प्रस्तुति रहेको यो फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।



