काठमाडौं । गृहमन्त्री रमेश लेखकले काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका वडा न. १२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोकको विभिन्न स्थान निरीक्षण गरेका छन् ।
मन्त्री लेखकले रोशी खोलामा गएको बाढी पहिरोका कारण भूमिडाँडा ,रोशी बजार क्षेत्र आसपासको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै बाढिपहिरो प्रभावितको अवस्थाको बारेमा जानकारी लिएका हुन् ।
सो क्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बाढीपहिरोबाट नगरभित्रमा भएको क्षति, त्यसले नागरिकको आवास, खाद्यान्न र स्वास्थ्यस्थितिमा पु¥याएको समस्याको बारेमा नगरपालिकाले गरिरहेको उद्धार, राहत र पछिल्लो समयमा नभएको पुनर्स्थापना लगायतको विषयमा मन्त्री लेखकलाई जानकारी गराएका थिए ।
त्यस्तै मन्त्री लेखकले बेथानचोक वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेशस्थान आपसको क्षेत्रको स्थलगत निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् ।



