शुक्रबार, श्रावण २९ गते २०८३
images
images

स्थानीय तहको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन निर्वाचन आयोगको निर्देशन

एक्सप्रेस पाना
कार्तिक १, २०८१ बिहीबार
  • 311
    SHARES
  • स्थानीय तहको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन निर्वाचन आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन सबै राजनीतिक दललाई निर्देशन दिएको छ ।

    images

    आयोगले नगरपालिकाका प्रमुख वा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्ये बहाल रहेको पदमा पुरुष कार्यरत भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरुलाई निर्देशन दिएको हो ।

    आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम यस्तो निर्देशन दिएको आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद सापकोटाले बताए । 

    images

    स्थानीय तह निर्वाचन ऐनले राजनीतिक दलले स्थानीय तहका प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिँदा दुई मध्ये एक पदमा महिलालाई उम्मेदवार बनाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

    nn.jpg 

     

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • # स्थानीय तह