शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

एक्सप्रेस पाना
कार्तिक १, २०८१ बिहीबार
  • 255
    SHARES
  • साफ महिला च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

    काठमाडौं । साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतले पाकिस्तानविरुद्ध ५–२ को जित निकालेको छ ।

    images

    बिहिबारदेखी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुभएको खेलमा भारतले चौथो मिनेटमै ग्रेसको गोलबाट अग्रता लियो । १६ मिनेटमा मनीषाले अग्रता दोब्बर पार्दा ३५ मिनेटमा बालादेवीले भारतका लागि तेस्रो गोल गरिन् ।

    ४२ मिनेटमा पाकिस्तानकी मरिया खानले आफ्नै पोस्टमा गोल गर्दा भारत पहिलो हाफमा ४–० गोलले अघि रह्यो । पाकिस्तानले दोस्रो हाफको सुरुवातमै दुई गोल गर्दै खेलमा फर्कने कोसिस गर्‍यो। पाकिस्तानका लागि सुहा हिरानीले ४६ र केला शिद्धिकीले ४७ मिनेटमा गोल गर्न सफल भए ।

    images

    भारतका लागि ७७ मिनेटमा ज्योतिले पाँचौँ गोल गर्दा भारत जिततर्फ अघि बढेको थियो ।

    प्रतियोगिताको समूह ‘बी’ मा रहेको आयोजक नेपालले भोलि आफ्नो पहिलो खेल खेल्दै छ ।

    नेपालले भोलि साँझ साढे ५ बजे भुटानसँग प्रतिस्पर्धा गर्ने खेल तालिका छ ।

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप