काठमाडौं । जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सलाई पराजित गर्दै श्रीलंकाले विजयी सुरुवात गरेको छ ।
शुक्रबार दशरथ रंगशालामा भएको पहिलो खेलमा श्रीलंकाले पाल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
यो जितपछि श्रीलंकाले समुह बी मा ३ अंक हासिल गरेको छ ।
अब समुह बि अन्तर्गतकै अर्को खेल आज नेपाल र भुटानबीच अपराहन्न साढे ५ बजे हुनेछ ।



