शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकियो नेपाल

एक्सप्रेस पाना
कार्तिक २, २०८१ शुक्रबार
  • 407
    SHARES
  • साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकियो नेपाल

    काठमाडौं । जारी साफ महिला च्याम्पियनसिपमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो ।

    images

    आजको खेलमा नेपाल सावित्रा भण्डारी साम्बा बिना नै खेलेको थियो । उनको क्लबले रिलिज नगरेका कारण सावित्राले यो खेल गुमाएकी हुन् ।

    यो बराबरीपछि समुह बी मा नेपाल र भुटानले एक एक अंक हासिल गरेका छन् । अब नेपालले अर्को खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्ने छ भने भुटानले सोमबार नै श्रीलंकाको सामना गर्ने छ ।

    images

    समुह बी मा श्रीलंकाले आजै भएको खेलमा माल्दिभ्सलाई १–० ले पराजित गर्दै ३ अंक जोडेको छ । 

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप