काठमाडौं । सहकारी रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने समर्थकहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरिएको भन्दै माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।
समर्थक सहकारी पीडितलाई न्याय दे, राजनीतिक प्रतिशोध बन्द गर,सरकार मर्यो,जनातालाई जुठो पर्यो, लगायतका विभिन्न प्लेकार्डसहित प्रर्दशन गरेका हुन् ।
शुक्रबार लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेलाई बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो ।
रास्वपाले पोखरालगायत विभिन्न जिल्लामा प्रदर्शन गरिरहेका छन् ।





