शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिपमा आज नेपालले माल्दिभ्सको सामना गर्दै

एक्सप्रेस पाना
कार्तिक ५, २०८१ सोमबार
  • 205
    SHARES
  • साफ महिला च्याम्पियनसिपमा आज नेपालले माल्दिभ्सको सामना गर्दै

    काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले माल्दिभ्सको सामना गर्दैछ। 

    images

    सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ। 

    समूह बि मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन्। नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको छ।
    समूहमा नेपालको १ अंक छ भने माल्दिभ्सअंकविहीन छ।  यो खेल सेमिफाइनल पुग्नका लागि निकै महत्वपूर्ण छ।​ 

    images

    तालिकामा श्रीलंका ३ अंकसहित पहिलो स्थानमा रहँदा भुटान र नेपालको १–१ अंक छ। 

    नेपाल र माल्दिभ्सबीच साफ महिला च्याम्पियनसिपमा अहिलेसम्म ३ पटक प्रतिस्पर्धा भएको छ। 

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप