शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिपमा श्रीलंकामाथी भुटानको सहज जित

एक्सप्रेस पाना
कार्तिक ५, २०८१ सोमबार
  • 352
    SHARES
  • साफ महिला च्याम्पियनसिपमा श्रीलंकामाथी भुटानको सहज जित

    काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत भुटानले श्रीलंकालाई पराजित गरेको छ ।

    images

    सोमबार अपराहन्न दशरथ रंगशालामा भएको खेलमा भुटानले श्रीलंकालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

    भुटानका लागि डेकी लहाजोमले २ गोल गरेकी थिइन् भने नामग्याल डेमा र दोर्जी एडोनले एक एक गोल गरेकी थिइन् । त्यस्तै श्रीलंकाका लागि एक गोल थुशानी मदुशिकाले गरेकी थिइन् । 

    images

    यो जितपछि भुटानको समुह बी मा ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै श्रीलंकाको २ खेलमा ३ अंक रहेको छ ।

    अब भुटानले समुह चरणको अन्तिम खेलमा विहिबार माल्दिभ्ससँग खेल्ने छ भने श्रीलंकाले सोहि दिन नेपालको सामना गर्ने छ ।

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप