काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध शानदार जित हासिल गरको छ ।
सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल गर्दै जित निकालेको हो । नेपालको सामु माल्दिभ्सको टिमले राम्रो गर्न सकेनन् ।
नेपालको जितमा रेखा पौडेलले ५ गोल गरेकी थिइन् भने प्रिती राईले ३ गोल गरेकी थिइन् । त्यस्तै अनिता केसी, सबिता राना मगर र अमिशा कार्कीले एक एक गोल गरेका थिए ।
यो जितपछि समुह बी मा रहेको नेपालको ४ अंकका साथशिर्ष स्थानमा उक्लिएको छ । समुह बी मा भुटानको पनि ४ अंक रहेको छ र गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै श्रीलंकाको ३ अंक रहेको छ भने माल्दिभ्सको एक अंक रहेको छ ।



