काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य मनोनित गरिएको छ ।
काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा १८ जनालाई नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
नियुक्त सदस्यहरुमा कविराज पण्डित, बाजुरा,डा. जगदीशचन्द्र पोखरेल तनहुँ,छन्दबहादुर पहराई गुल्मी,विजुला वर्मा, सिन्धुली,डा. केदारनरसिंह के.सी., नुवाकोट,रिना उप्रेती (के.सी.) सोलुखुम्बु,वीरेन्द्र यादव धनुषा,डा. कृष्णप्रसाद पौडेल कास्की,भरत प्रसाई झापा, कमल कार्की भक्तपुर,बलदेव तिमिल्सीना सिन्धुपाल्चोक,डोलराज भुसाल स्याङ्जा,प्रताप पौडेल, बाग्लुङ,हजारी नेपाली (वादी) जाजरकोट,विश्वदिप लामिछाने काठमाडौं,नाहिदा परविन रौतहट, भवानी पन्त, कञ्चनपुर,अनार बस्नेत काठमाडौंबाट रहेका छन् ।



