शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल संवत ११४५ लाई सबै एकजुट भएर भव्यताका साथ मनाऔँ :प्रकाशमान सिंह

एक्सप्रेस पाना
कार्तिक ६, २०८१ मंगलबार
  • 220
    SHARES
  • नेपाल संवत ११४५ लाई सबै एकजुट भएर भव्यताका साथ मनाऔँ :प्रकाशमान सिंह

    काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । 

    images

    मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आउँदै गरेको नेपाल संवत ११४५ को नयाँ वर्षका रुपमा मनाउनुपर्ने बताएका हुन् । उनले न्हुदय भिन्तुनाको उपलक्ष्यमा देशवासीलाई सुख, समृद्धि प्राप्ते हुने विश्वाससमेत व्यक्त गरे ।

    उनले भने,"उपस्थित सम्पूर्ण महानुभावहरुलाई आउँदै गरेको नेपाल संवत ११४५ को नयाँ वर्ष हामी मनाउँदै छौँ । न्हुदय भिन्तुनाको उपलक्ष्यमा म देशका सबै आमाबुबा, दाजुभाई, दिदिबहिनी सबैलाई र नेपालमा मात्र नभइ विदेशमा बस्नेहरुलाई पनि ११४५ को अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु । सबै जना मिलेर सबैले प्रशंसा गर्न लायकको कार्यक्रम हामीले अघि बढाउनुपर्छ ।"

    images

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह