शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जारी साफ महिला च्याम्पियनसिपमा आज भारत र बङ्गलादेश खेल्दै

एक्सप्रेस पाना
कार्तिक ७, २०८१ बुधबार
  • 370
    SHARES
  • जारी साफ महिला च्याम्पियनसिपमा आज भारत र बङ्गलादेश खेल्दै

    काठमाडौं । जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत आज भारत र बङ्गलादेश खेल्दै छन् ।

    images

    बुधबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि सुरु हुनेछ ।

    समूह ए अन्तर्गतको यो खेल बङ्गलादेशका लागि महत्त्वपूर्ण रहेको छ भने भारत यस समूहबाट सेमिफाइनलमा पुगिसकेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेपछि सेमिफाइनलमा पुग्ने निश्चित गरेको हो । त्यस्तै आफ्नो पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको बङ्गलादेश भारतसँग २ भन्दा बढी गोल अन्तरले पराजित नभएमा पनि सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ ।

    images

    अहिले शून्य गोल अन्तरसहित एक अङ्क हासिल गरेको बङ्गलादेश दोस्रो स्थानमा छ भने –३ गोल अन्तरसहित एक अङ्क हासिल गरेको पाकिस्तान तेस्रो स्थानमा रहेको छ। बङ्गलादेश पाकिस्तानसँग १–१ गोलले बराबरीमा रोकिएका थिए भने भारतले पाकिस्तानलाई ५–२ ले पराजित गरेको थियो।

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप