शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र ‘तेल भिसा’को ‘कति रमाइलो’ बोलको गित सार्वजनिक

एक्सप्रेस पाना
कार्तिक ७, २०८१ बुधबार
  • 307
    SHARES
  • चलचित्र ‘तेल भिसा’को ‘कति रमाइलो’ बोलको गित सार्वजनिक

    काठमाडौं । नेपाली चलचित्र ‘तेल भिसा’को गीत सार्वजनिक भएको छ ।

    images

    ‘कति रमाइलो’ बोलको सार्वजनिक गीतमा अञ्जु पन्त र आशिष अभिरलको स्वर छ । 

    गीतले प्रेम, विवाह र वैवाहिक जीवनको सुखलाई प्रस्तुत गरेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य पात्र विपीन कार्की, वर्षा राउत, दिलीप रायमाझी, सुशील क्षेत्री, ऋचा घिमिरे, उषा पौडेल, अरुणिमा लम्साललगायतलाई देखाइएको छ । 

    images

    शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘तेल भिसा’मा अभिनेता विपीन कार्की बृद्ध र जवानसहित दोहोरो भूमिकालाई देख्न सकिन्छ ।
    मंसिर ७ गते देखी प्रदर्शनमा आउनलागेको चलचित्रमा विपीनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ । अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् । 

     

  • सम्बन्धित विषय:

  • # ‘तेल भिसा’