काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तालाई सडकमा रुवावासी नगर्न आग्रह गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै महामन्त्री शर्माले अदालतको फैसला कुर्न र अनुसन्धानमा सघाउन आग्रह गर्दै सडक विलापको जगहँसाई नगर्न आग्रह गरेका हुन् । उनले दोषीलाई कार्वाही र बचतकर्ताको रकम फिर्ता हुनु आवश्यक रहेका उल्लेख गरेका छन् ।
उनले भनेका छन्,"काँग्रेसका दुइचार, एमालेका दुइचार, माओवादी, राप्रपा र रास्वपाका दुइचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौं । अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं । सडक विलापको जगहँसाई नगरौं । स्पष्ट हौं, दोषीलाई कार्वाही र बचतकर्ताको रकम फिर्ता, आजको रास्ट्रीय आवश्यकता हो !"
महामन्त्री शर्माले रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदनले प्रचलित कानुन बमोजिम कार्वाही गर्नु भन्ने सिफारिस गरेको उल्लेख गर्दै प्रक्रिया शुरुभएपछि राजनैतिक प्रतिशोध’ भन्नू संसदीय समिति र संसदकै अपमान भएको बताएका छन् ।
उनले भनेका छन्,"रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ–ञप्रचलित कानुन बमोजिम कार्वाही गर्नुझ । तर प्रक्रिया शुरुभएपछि– ञराजनैतिक प्रतिशोधझ भन्नू संसदीय समिति र संसदकै अपमान होइन र ?"



