आइतबार, भाद्र २८ गते २०८३
images

अमेरिकी चुनावमा बेलायतको लेबर पार्टीले हस्तक्षेप गरेको ट्रम्पको आरोप

एक्सप्रेस पाना
कार्तिक ७, २०८१ बुधबार
  • 328
    SHARES
  • अमेरिकी चुनावमा बेलायतको लेबर पार्टीले हस्तक्षेप गरेको ट्रम्पको आरोप

    काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियानले बेलायतको लेबर पार्टीविरुद्ध संघीय निर्वाचन आयोग (एफईसी) मा उजुरी दिएको छ।

    images

    ट्रम्पले लेबर पार्टीसँग सम्बद्ध व्यक्तिहरू ह्यारिसको प्रचारका लागि अमेरिका गएको दाबी गरिएको छ। 

    यसले लेबर पार्टीलाई ह्यारिस–वाल्जको चुनावी अभियानलाई सहयोग पुर्‍याउन अमेरिकी चुनावमा ‘स्पष्ट विदेशी हस्तक्षेप’गरेको आरोप लगाएको छ। 

    images

    कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति हुन् र उनी डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार पनि हुन्।

    अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रचारप्रसार गरिरहेका लेबर पार्टीका कार्यकर्ताहरूले आफ्नो व्यक्तिगत हैसियतमा यस्तो काम गरिरहेको बीबीसीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प