शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल,नेपालले श्रीलंकाको सामना गर्दै

एक्सप्रेस पाना
कार्तिक ८, २०८१ बिहीबार
  • 313
    SHARES
  • साफ महिला च्याम्पियनसिपमा आज दुई खेल,नेपालले श्रीलंकाको सामना गर्दै

    काठमाडौं । जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत आज समुह बी का दुई खेल हुदै छन् । 

    images

    आज पहिलो खेलमा माल्दिभ्स र भुटान भिड्दै छन् भने दोस्रो खेलमा नेपाल र श्रीलंका खेल्ने तालिका रहेको छ । बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल अपराह्न साढे एक बजेदेखि शुरु हुने छ भने दोस्रो खेल साढे ५ बजेदेखि शुरु हुने छ ।

    समूह बी मा हाल नेपाल २ खेलमा ४ अंकसहित शिर्ष स्थानमा रहेको छ भने भुटान पनि ४ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै श्रीलंका २ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ । अहिलेसम्म तिनै देशको सेमिफाइनलको सम्भावना कायमै रहेको छ । नेपालका लागि भने श्रीलंकासँग बराबरी खेलेमात्र पनि सेमिफाइनलको यात्रा निश्चित हुने छ ।

    images

    त्यस्तै समुह बी को माल्दिभ्स भने २ खेलमा दुवै खेल हारेर सेमिफाइनलको दौडबाट यसअघि नै बाहिरिएको छ ।

    जारी प्रतियोगितामा समुह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगिसकेका छन् भने पाकिस्तान समुह चरणबाटै बाहिरिएको छ ।

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप