शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछानेलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइँदै

एक्सप्रेस पाना
कार्तिक ८, २०८१ बिहीबार
  • 190
    SHARES
  • रवि लामिछानेलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइँदै

    काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।

    images

    पहिलो पटक थपिएको ६ दिनको म्याद बुधबारसम्म रहेकोमा बयान नसकिएपछि प्रहरीले आज म्याद थपका लागि अदालतमा उपस्थित गर्न लागेको हो।

    कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमारका अनुसार  शर्माले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकाले बयान  नसकिएकोले म्याद थप गर्न लागिएको हो ।

    images

    रविसँगै गोरखा मिडिया नेटवर्कमा साझेदार बनेका पूर्वडिआइजी छविलाल जोशीलाई पनि आज म्याद थपका लागि अदालतमा उपस्थित गराइँदैछ ।

    लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो । जोशी भने असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने