सोमबार, कार्तिक १७ गते २०८३
images
images

सिआईबीबाट फोन गरेको भन्दै धाक धम्की दिने व्यक्ति पक्राउ

एक्सप्रेस पाना
कार्तिक ८, २०८१ बिहीबार
  • 299
    SHARES
  • सिआईबीबाट फोन गरेको भन्दै धाक धम्की दिने व्यक्ति पक्राउ

    काठमाडौं । सिआईबीबाट फोन गरेको भन्दै धाक धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    सिआईबीबाट फोन गरेको भन्दै धाक धम्की दिने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका–१ ठूलो मिल चोक बस्ने ३० वर्षीय हम कुमार खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

    केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुखको ट्रू कलर एपमा नाम र फोटो प्रयोग गरी विभिन्न वित्तिय संस्था तथा व्यक्तिहरूलाई सिआईबीबाट फोन गरेको भनि धाक धम्की दिने कार्यमा संलग्न उनलाई उक्त व्यूरोबाट खटिएको प्रहरीले मोरङ बिराटनगर महानगरपालिका–१ ठूलो मिल चोकबाट पक्राउ गरेको हो । 

    images

    यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।  

  • सम्बन्धित विषय:

  • # पक्राउ