शनिबार, भाद्र २७ गते २०८३
images

मुम्बईले राजस्थानलाई ८ विकेटले हरायाे, प्लेअफ सम्भावना कायमै

एक्सप्रेस पाना
आश्विन २०, २०७८ बुधबार
  • 274
    SHARES
  • मुम्बईले राजस्थानलाई ८ विकेटले हरायाे, प्लेअफ सम्भावना कायमै

    असोज २० काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा राजस्थान रोयल्सविरुद्ध सहज जित निकालेको छ । मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो ।

    images

    राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍याे । मुम्बईको जितमा इशान किशनले अविजित सर्बाधिक ५० रन बनाए । कप्तान रोहित शर्माले २२ रन तथा सूर्यकुमार यादवले १३ रन जाेडे ।

    राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले १/१ विकेट लिए ।  

    images

    पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर ९० रन बनाएको थियो । राजस्थानका इभिन लेविसले सर्वाधिक २४ रन जोडे ।

    मुम्बईका नाथन कल्टर निलले ४ विकेट लिए ।  जितसँगै मुम्बईले प्ले अफ सम्भावना कायमै राखेको छ । मुम्बई १३ खेलमा १२ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । राजस्थान १० अंक जोडेर सातौ स्थानमा छ ।