शनिबार, श्रावण ३० गते २०८३
images
images

साफ महिला च्याम्पियनसिपमा श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा

एक्सप्रेस पाना
कार्तिक ८, २०८१ बिहीबार
  • 250
    SHARES
  • साफ महिला च्याम्पियनसिपमा श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा

    काठमाडौं । काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपमा समुह विजेता हुदैँ नेपाल सेमिफाइनलमा पुगेको छ ।

    images

    बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको समुह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 

    नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सावित्रा भण्डारी, अमिषा कार्की, सबिता राना मगर र रश्मी राना मगरले एक एक गोल गरेका थिए ।

    images

    यो जितपछि नेपालको समुह बी मा ३ खेलमा ७ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै ४ खेलमा ७ अंक नै भएको भुटान गोल अन्तरको आधारमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

    अब नेपालले सेमिफाइनलमा समुह ए को उपविजेता भारतसँग खेल्ने छ भने भुटानले समुह ए को विजेता बंगलादेशसँग खेल्ने भएको छ । सेमिफाइनलका खेल २७ अक्टोबरमा हुने छन् ।

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप