शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरिदै

एक्सप्रेस पाना
कार्तिक ९, २०८१ शुक्रबार
  • 221
    SHARES
  • रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरिदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालिएको छ ।

    images

    सहकारी रकम अपचलन तथा संगठित अपराधको आरोपमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालेको हो । 

    कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई बिहीबार कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको छ । साथै विहिबार नै लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम ठगीको आरोपमा रुपन्देही जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ । 

    images

    सहकारी ठगीमा अनुसन्धान जारी रहेका बेला अब लामिछानेमाथि प्रहरीले अदालतमा सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्ने जानकारी दिएको छ । 

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने