शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज भारत र नेपाल भिड्दै

एक्सप्रेस पाना
कार्तिक ११, २०८१ आइतबार
  • 360
    SHARES
  • साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज भारत र नेपाल भिड्दै

    काठमाडौं । जारी साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज भारत र नेपाल भिड्दै छन्। 

    images

    आइतबार त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने दोस्रो सेमिफाइनल खेल साँझ साढे ६ बजे सुरु हुनेछ। 

    यसअघिका चार संस्करणमा उपाधिका लागि भिडेका यी दुई टोली लगातार दोस्रोपटक सेमिफाइनलमा आमनेसामने हुन लागेका हुन्।

    images

    साफको इतिहासमा नेपालले एकपटक मात्र भारतलाई पराजित गरेको छ। 

    दुई वर्षअघि भएको सेमिफाइनलमा नेपालले भारतलाई ऐतिहासिक रूपमा १–० गोलले पराजित गर्दै पहिलोपटक च्याम्पियनसिपमा भारतलाई हराएको थियो । आजको खेलमा पनि नेपाली टोली उस्तै साहसिक प्रदर्शन दोहोर्याउने अपेक्षा गरिएको छ ।

    यता भारतीय टोली भने नेपाली टोलीसँग भोगेको हारको बदला लिने दाउमा छ। 

     

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप