बिहीबार , कार्तिक २० गते २०८३
images
images

मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ:प्रधानमन्त्री ओली

एक्सप्रेस पाना
कार्तिक ११, २०८१ आइतबार
  • 252
    SHARES
  • मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ:प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन् । 

    images

    आइतबार गैह्रआवासीय नेपाल सङ्घ (एआरएन) द्वारा आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताएका हुन् । 

    उनले भने,"नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।"

    images

    प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै पक्षबाट धम्की आउन नहुने पनि बताए । 

     

  • सम्बन्धित विषय:

  • # :प्रधानमन्त्री