शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा १० सदस्य मनोनयन

एक्सप्रेस पाना
कार्तिक ११, २०८१ आइतबार
  • 217
    SHARES
  • कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा १० सदस्य मनोनयन

    काठमाडौं । नेपाली कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य मनोनयन गरिएको छ ।

    images

    सभापति शेरबहादुर देउवाले पार्टीको विधान,२०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य अनिलकुमार रुंगटा प्रमुख रहेको विभाग सदस्यमा १० सदस्य मनोनयन गरेका हुन् ।

    मनोनित सदस्यहरूमा जगदिशबहादुर पाल दार्चुला, इञ्जिनियर विनोद देवकोटा गोरखा, लव ढुङ्गाना काठमाडौँ, गोरखबहादुर केसी रुकुम पश्चिम, टिएल रिजाल बर्दिया, इञ्जिनियर धर्मनारायण शाह सप्तरी, इञ्जिनियर प्रमोद दवाडी काठमाडौँ, इञ्जिनियर विकास अधिकारी चितवन, पुष्पा शेरचन मुस्ताङ र तिलविक्रम चेम्जोङ पाँचथर रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # कांग्रेस