काठमाडौं । भुटानलाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफमा बंगलादेशले ५–१ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो ।
बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरेकी थिइन् भने सबिना खातुनले २ गोल र ऋतु पुर्ण चक्माले एक गोल गरेकी थिइन् । त्यस्तै भुटानका लागि डेकी लहाजोमले एक गोल गरेकी थिइन् ।
अब बंगलादेशले आज हुने दोस्रो सेमिफाइनलको नेपाल र भारतबीचको विजेतासँग बुधबार फाइनलमा खेल्ने छ ।



