शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राजनीतिक स्थिरताका लागि वर्तमान सत्ता समीकरण बनेको हो:प्रकाशमान सिंह

एक्सप्रेस पाना
कार्तिक १२, २०८१ सोमबार
  • 273
    SHARES
  • राजनीतिक स्थिरताका लागि वर्तमान सत्ता समीकरण बनेको हो:प्रकाशमान सिंह

    काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन् ।

    images

    सोमबार नेपाली कांग्रेस चितवनले आयोजना गरेको दिपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताएका हुन् । 

    उनले सरकार लामो समयसम्म टिकाउनका लागि पनि वर्तमान सत्ता समीकरण बनेको उल्लेख गर्दै सिंहले विधिको शासन कायम गर्नेतर्फ आफुहरु लागि परेको बताए । 

    images

    उनले भने, ‘विधिको शासन कायम गर्नेतर्फ हाम्रो प्रयास रहन्छ ।’

    उनले नेपाली कांग्रेसको नेतृत्वबाट जारी सङ्घीय लोकतान्त्रिक समावेशी संविधानको भावना र मर्मअनुसार त्यसलाई अक्षरशः पालना गरेर त्यसको आधारमा राजनीतिक स्थायित्व कायम गर्दै विकासलाई सँगै लैजानुपर्ने उल्लेख गरे ।

     

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह