शुक्रबार, श्रावण २९ गते २०८३
images
images

धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथी तत्काल अनुसन्धान गर्न महामन्त्री थापाको आग्रह

एक्सप्रेस पाना
कार्तिक १२, २०८१ सोमबार
  • 355
    SHARES
  • धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथी तत्काल अनुसन्धान गर्न महामन्त्री थापाको आग्रह

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा संलग्न काँग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथी पनि तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन् ।

    images

    सोमवार नेपाल राष्ट्र बैंकले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले सहकारी छानबिन संसदीय समितिले काँग्रेसका उपसभापति गुरुङ र एमाले सांसद पोखरेल पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको देखाएकाले उनीहरूमाथि पनि तत्काल छानबिन गरी दोषी देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् । 

    महामन्त्री थापाले सरकारले न्यायको कठघरामा जो कोही पनि उभिनुपर्छ भन्ने मान्यता स्थापित गराउन पनि सहकारी ठगीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन हच्किच्याउने काम गर्न नहुने बताए ।

    images

    उनले भने,‘"नेपाली काँग्रेसको एक जना नेता पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो । थप अनुसन्धान गर्नुपर्छ । मत सरकारलाई यहीबाट अनुरोध गर्न चाहन्छु–बकाइँदा अनुसन्धान गर्नुस् । नेकपा एमालेका ऋषि पोखरेलजीको नाम आयो । अनुसन्धान गर्नुस् मात्रै होइन, यदि गल्ती गर्नुभएको छ भने अभियोजन पनि गर्नुस् । दण्ड पनि दिनुस् ।"

    सरकारमा बसेकाहरूले बोल्ने नभई उनीहरुले गरेका काम बोल्नुपर्ने महामन्त्री थापाको भनाई थियो । महमन्त्री थापाले अबको ३ वर्ष तलमाथि नहुने भएकाले सरकारले त्यही अनुसार काम गर्नुपर्ने बताए ।

  • सम्बन्धित विषय:

  • # उपसभापति धनराज गुरुङ
  • # ऋषिकेश पोखरेल