शनिबार, आश्विन २४ गते २०८३
images

नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि बुधबार बिहान मात्र टिकट खुल्ला गरिने

एक्सप्रेस पाना
कार्तिक १३, २०८१ मंगलबार
  • 404
    SHARES
  • नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि बुधबार बिहान मात्र टिकट खुल्ला गरिने

    काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनल खेलका लागि बुधबार बिहान ८ बजेदेखि टिकट खुल्ला गरिने भएको छ । 

    images

    बुधबार दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार बिहान ८ बजेदेखि तीन ठाउँबाट टिक बिक्री गर्ने जनाएको हो।

    एन्फाका अनुसार एन्फा कम्प्लेक्स सातदोबाटो, जाउलाखेल र आर्मी ब्यारेक नजिक गरी तीन ठाउँबाट टिकट लिन सकिनेछ । एन्फाले अनलाइनबाट टिकट नबेच्ने भएको छ। यसअघि अनलाइन टिकट खरिद गरेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।

    images

    साधारणतर्फ १० हजार र भीआईपीका लागि १ हजार टिकट मात्रै बिक्री गरिने एन्फाले जनाएको छ। 

    यसअघि सोमबार सूचना प्रकाशित गरी एन्फाले ‘अर्को सूचना जारी नभएसम्मका लागि’ टिकट बिक्री बन्द गरेको थियो।

    कात्तिक ११ गते आइतबार दशरथ रंगशालामा भएको सेमीफाइनल खेलअन्तर्गत नेपाल र भारतबीचको खेलमा संघसँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको’ भन्दै एन्फाले माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता भंग गरेको हो।

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप
  • # फाइनल