शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिप:गरिमा विकास बैंकले नेपाली टिमले गर्ने प्रति गोलमा एक लाख दिने

एक्सप्रेस पाना
कार्तिक १४, २०८१ बुधबार
  • 321
    SHARES
  • साफ महिला च्याम्पियनसिप:गरिमा विकास बैंकले नेपाली टिमले गर्ने प्रति गोलमा एक लाख दिने

    काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपको फाइनल खेलमा गरिमा विकास बैंक लिमिटेडले नेपाली टिमले गर्ने प्रति गोलमा एक लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । 

    images

    बुधबार दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ महिला फुटबल च्याम्पियनसिपको फाइनल खेलमा नेपाली टिमलाई प्रति गोल १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको हो । 

    नेपालमा फुटबल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । 

    images

    काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ब्त्ः मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ । 

    विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय सहभागिता जनाउनुका साथै स्वास्थ्य, शिक्षा, धार्मिक, सांस्कृतिक, वातावरणीय संरक्षण तथा खेलकुदको विकास तथा प्रवद्र्धनमा सहयोग गर्दै आईरहेको छ । 

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप