काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले ‘सुपरहिट’को मान्यता पाएको छ ।
मंगलबार क्यूएफएक्सले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’लाई ‘सुपरहिट’को मान्यता दिएको हो ।
कात्तिक १५ गतेबाट रिलिज भएको चलचित्र उच्च अकुपेन्सीसहित चलिरहेका बेला ‘सुपरहिट’ सिनेमाको मान्यता पाएको हो ।
बक्स अफिस कलेक्सनका आधारमा क्यूएफएक्सले सुपरहिट र ब्लकबस्टर घोषणा गर्दै आएको छ । सरोज पौडेलले निर्देशन गरेका चलचित्रमा विजय बराल, प्रकाश सपुत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।
चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।



