शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक

एक्सप्रेस पाना
कार्तिक २३, २०८१ शुक्रबार
  • 305
    SHARES
  • पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सले जर्सी सार्वजनिक गरेको छ ।

    images

    टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले बिशेष समारोहकाबिच जर्सी सार्वजनिक गरेका हुन् । जोन्टी जर्सी सार्वजनिक गर्न मुस्ताङको लोमान्थाङ पुगेका थिए । 

    यस्तै जर्सी सार्वजनिक कार्यक्रममा पोखराका मार्की खेलाडी कुशल भुर्तेल सहित नेपाली खेलाडीहरु जर्सी लगाएर उपस्थित थिए ।

    images

    पोखरा एभेन्जर्सले क्रिकेटसँगै जलवायु परिवर्तन र दिगो पर्यटनलाई केन्द्रित गरी लोमान्थाङबाट जर्सी सार्वजनिक गरेको अध्यक्ष सुबोध त्रिपाठीले बताए ।

    उनले भने, ’जलवायु परिवर्तन, हिमालय पग्लिने कुरालाई क्रिकेटका माध्यमबाट उजागर गर्न खोजेका छौँ,’ ’गण्डकीमा हिम पर्वत श्रृङ्खलाको पर्यटन प्रवर्द्धन गर्न र नियमित पग्लिरहेको हिउँको कुरा विश्वमै ल्याउन लागिरहेका छौँ । यसमा हामी गम्भीर हुनुपर्ने छ । यसमा एउटा सन्देश दिनको लागि पनि हामी आएका छौँ ।’

    यस्तै पोखरा एभेन्जर्सका ब्राण्ड एम्बासडर सन्दीप क्षेत्रीले पोखराले कुनै कुरामा कन्जुसाईँ नगरेको र लोमान्थाङमा पुगेर जर्सी अनावरण गर्नुको महत्व रहेको पनि बताए ।

  • सम्बन्धित विषय:

  • # पोखरा एभेन्जर्स