शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लामिछाने पक्राउ पर्दा रास्वपाले अनावश्यक होहल्ला गर्न जरुरी छैन:सभापति देउवा

एक्सप्रेस पाना
कार्तिक २५, २०८१ आइतबार
  • 248
    SHARES
  • लामिछाने पक्राउ पर्दा रास्वपाले अनावश्यक होहल्ला गर्न जरुरी छैन:सभापति देउवा

    काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपा सभापति पक्राउ पर्दा रास्वपाका नेता तथा कार्यकर्ताहरुले अनावश्यक हो हल्ला गर्न आवश्यक नरहेको टिप्पणी गरेका छन् । 

    images

    आइतबार गृहजिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा पत्रकाहरुसँग कुराकानी गर्दै सभापति देउवाले कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा आफूहरुले कहिल्यै हल्ला नगरेको भन्दै रास्वपालाई पनि हो–हल्ला गर्न आवश्यक नरहेको टिप्पणी गरेका हुन् ।

    साथै उनले लामिछानेले अदालती प्रक्रियालाई सघाउनुपर्ने र कानुन बमोजिम कारबाही हुने बताए । 

    images

    सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार निर्वाध रुपमा अघि बढ्ने र कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमति पूर्ण रुपमा कार्यान्वयन हुने स्पष्ट पारे ।

    सभापति देउवा गृहजिल्ला डडेल्धुरामा करिब एक साता बसेर विभिन्न स्थानीय कार्यक्रममा सहभागी हुने तालिका रहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा