शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकोे अनुमति

एक्सप्रेस पाना
कार्तिक २५, २०८१ आइतबार
  • 249
    SHARES
  • लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकोे अनुमति

    काठमाडौं । सहकारी रकम अपचलनमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

    images

    आइतबार न्यायाधीश नवराज दाहालको इजलासले थप १३ दिन लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालत कास्कीले जनाएको हो । लामिछाने माथि तेस्रो पटक थपिएको म्याद सकिएसंगै आज उनलाई अदालतमा उपस्थित गराइएको थियो ।

    यही कार्तिक २ गते बनस्थलीस्थित केन्द्रीय कार्यालयबाट लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा लगिएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने