शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

एक्सप्रेस पाना
कार्तिक २५, २०८१ आइतबार
  • 325
    SHARES
  • राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन् । 

    images

    राष्ट्रपति पौडेल अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु  राणालगायतले बिदाई गरेका थिए । 

    images

    राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्किने कार्यतालिका रहेको परराष्ट्रले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति