शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आत्मसमीक्षासहित उपनिर्वाचनमा जनताबीच जान ‘प्रचण्ड’ को नेता कार्यकर्ताहरुलाई आग्रह

एक्सप्रेस पाना
कार्तिक २८, २०८१ बुधबार
  • 220
    SHARES
  • आत्मसमीक्षासहित उपनिर्वाचनमा जनताबीच जान ‘प्रचण्ड’ को नेता कार्यकर्ताहरुलाई आग्रह

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा जान पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । 

    images

    बुधबार मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले जनताले अपेक्षा गरे अनुसारको काम गर्न नसकेको र अब बदलिन चाहेको बताए । 

    अध्यक्ष प्रचण्डले भने,"जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको त्यस्तै पूरा गर्न सकेनौं,’  ‘हामी बदलिन चाहन्छौं, अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस् । टोल–टोल र घरघरमा पुग्नुहोस् ।"

    images

    अन्य दलभन्दा माओवादी फरक शक्ति हो र सरकारमा भएकोमा बेला माओवादीले हरेकपटक रुपान्तरणकारी काम गरेको छ भने पछिल्लो समय सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा माओवादीले थालेको अभियान ऐतिहासिक थियो भनेर जनताले बुझिसकेको उल्लेख गर्दै उनले पार्टीले गरेका कामसँगै पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान आग्रह गरे ।

    कीर्तिपुर नगरपालिका इतिहासदेखि नै वीरता र बिद्रोहको केन्द्र भएको उल्लेख गर्दै उनले भने, ‘यहाँको इतिहास, वीरता र बिद्रोहको सम्मान गर्दै नयाँ समृद्धिको अभियान सञ्चालन गर्न आवश्यक छ । सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा कीर्तिपुरले नयाँ कृतिमान कायम गर्ने छ ।’

     

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # उपनिर्वाचन