शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सरकारको निर्देशन अनुरूप १५ दिनमा बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ:कुलमान घिसिङ

एक्सप्रेस पाना
कार्तिक २८, २०८१ बुधबार
  • 275
    SHARES
  • सरकारको निर्देशन अनुरूप १५ दिनमा बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ:कुलमान घिसिङ

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र विद्युतको बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् । 

    images

    बुधवार पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बताएका हुन् । उनले सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य रहेको बताए । 

    घिसिंङले भने, "सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ । अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।"

    images

    उनले आफुले लोकप्रियताका लागि कुनै काम नगरेको स्पष्ट गर्दै देशको कानुन अनुसार संस्थाको हित र देशको हितका लागि काम गरिरहेको बताए ।



  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ