बुधबार, श्रावण १३ गते २०८३
images
images

करिब १७ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध निःशुल्क खोप लगाइने

एक्सप्रेस पाना
कार्तिक २९, २०८१ बिहीबार
  • 210
    SHARES
  • करिब १७ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध निःशुल्क खोप लगाइने

    काठमाडौं । सरकारले पाठेघरको क्यान्सरविरुद्ध निःशुल्क खोप अभियान सञ्चालन गर्ने भएको छ । 

    images

    क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि १५ दिनसम्म देशव्यापी खोप अभियान सञ्चालन गरिने भएको हो ।

    हाल मुलुकमा हरेक दिन चार जनाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्यसविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सञ्चालन गर्ने निर्णय गरेका हुन् । 

    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९०० किशोरीलाई निःशुल्क खोप लगाइनेछ ।

    मन्त्री पौडेलले कार्यभार सम्हालेका दिन आफ्नो योजना तथा प्राथमिकतामा किशोरीहरुको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने उल्लेख गरेका थिए । आगामी वर्षदेखि नियमित खोप अभियानमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप पनि समावेश गर्ने निर्णय भएको उनले जानकारी दिए  । 

    सन् २०२२ मुलुकमा क्यान्सरका २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । हरेक वर्ष एक हजार ५०० बालबालिकामा क्यान्सर देखिने गरेको छ ।  

  • सम्बन्धित विषय:

  • # पाठेघरको क्यान्सर