काठमाडौं । नेपाली कांग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनयन गरिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख भएको नेपाली कांग्रेस दलित समुदाय समन्वय र सशक्तिकरण विभागको सदस्यमा १० लाई मनोनयन गरेका हुन् ।
मनोनयन हुने सदस्यहरूमा रामकृष्ण लकान्द्री तेह्रथुमबाट,दीपक सोनी दैलेख,कलावती पासवान बारा,विपेन्द्र रामुदामु चितवन,कुमार टेलर डोटी,शान्ता सुनार धादिङ,प्रकाश घतानी काठमाडौं,सुनिल बुढाथोकी पाल्पा,कुमारी सार्की कैलाली र केदार गान्धारी गोरखाबाट रहेका छन् ।




