काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’ आजबाट प्रदर्शनमा आएको छ ।
चलचित्र सन्तोसजनक शो सहित देशभरका हलमा प्रदर्शनमा आएका हो । चलचित्रले एक्सन, प्रेम र सामाजिक कथालाई प्रस्तुत गर्न खोजिएको निर्माणपक्षले जनाएको छ ।
चललचित्रमा निर्देशक चन्द्र पन्त र अभिनेता हरिहरको लेखन तथा पटकथा रहेको छ । प्रतीक पौडेलको संवाद छ । चलचित्रलाई बलिउडका चर्चित सिनेमेटोग्राफर कवीरलालले खिचेका छन् । सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।
चलचित्रमा नीता ढुंगाना र हरिहर अधिकारीसँगै ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनील वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुईंटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारको अभिनय छ ।
‘ह्रस्व दीर्घ’ नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ ।


