शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकपमा छनौट भएको नेपाली यू–१९ महिला क्रिकेट टिमलाई एनपीएलका आठ फ्रेन्चाइजीले १० लाख नगद पुरस्कार दिने

एक्सप्रेस पाना
कार्तिक ३०, २०८१ शुक्रबार
  • 357
    SHARES
  • विश्वकपमा छनौट भएको नेपाली यू–१९ महिला क्रिकेट टिमलाई एनपीएलका आठ फ्रेन्चाइजीले १० लाख नगद पुरस्कार दिने

    काठमाडौं । विश्वकपमा छनौट भएको नेपाली यू–१९ महिला क्रिकेट टिमलाई नेपाल प्रिमियर लिग (एनपीएल) का आठ फ्रेन्चाइजीले १० लाख नगद पुरस्कार दिने भएका छन् ।

    images

    शुक्रबार सबै फ्रेन्चाइजीले नेपाली यू–१९ महिला टिमलाई १० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

    नेपाली महिला यू–१९ टिमले युएईलाई पराजित गर्दै पहिलो पटक विश्वकपमा छनौट भएर इतिहास बनाएको थियो ।

    images

    विश्वकपमा छनौट नेपाली यू–१९ महिला टिमलाई नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि जनही साढे २ लाख नगद पुरस्कार दिने घोषणा गरेको छ ।

    आगामी मङ्सिर १५ देखि शुरु हुने एनपीएलमा बिराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लाइन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सगरी आठ फ्रेन्चाइजीले भाग लिँदै छन् ।

     

  • सम्बन्धित विषय:

  • # विश्वकप
  • # यू–१९ महिला क्रिकेट टिम