शनिबार, भाद्र २७ गते २०८३
images

ए डिभिजन फुटसल लिगः क्यासल फाइनलमा

एक्सप्रेस पाना
आश्विन २०, २०७८ बुधबार
  • 233
    SHARES
  • ए डिभिजन फुटसल लिगः क्यासल फाइनलमा

    असोज २० पोखरा । पोखरामा जारी ए डिभिजन लिग फुटसल राष्ट्रिय प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलबाट घरेलु टोली स्पोर्ट्स क्यासल र शंखमूल क्लब फाइनल प्रवेश गरेका छन् ।

    images

    फाइनल प्रवेशका लागि भएको पहिलो खेलमा क्यासलले द राइजिङ क्लब धरानलाई ८-६ को गोल अन्तरले हराएको हो । क्यासललाई फाइनलमा पुर्‍याउन सुमित श्रेष्ठ नायक बने । क्यासल लिग तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो भने राइजिङ दोस्रो स्थानमा थियो ।

    यस्तै, सविन मेमोरियल शंखमूलसँग ३-२ को हार बेहोर्दै प्रतिस्पर्धाबाट बाहिरिएको छ । अब शंखमूलले फाइनल प्रवेशका लागि द राइजिङ क्लब धरानसँग खेल्नेछ ।

    images

    प्रतियोगिताअन्तर्गत २२ गते फाइनल प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विभिन्न प्रदेशका १० वटा टिम सहभागी थिए ।