शुक्रबार, श्रावण २९ गते २०८३
images
images

गृहमन्त्री लेखक र एसएसबीका महानिर्देशकबिच भेटवार्ता

एक्सप्रेस पाना
मंसिर २, २०८१ आइतबार
  • 198
    SHARES
  • गृहमन्त्री लेखक र एसएसबीका महानिर्देशकबिच भेटवार्ता

    काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ ।

    images

    आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारत सीमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सौहार्दपूर्ण वातावरण गरिरहेको कार्यका विषयमा कुराकानी भएको छ ।

    भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण, मानव बेचबिखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने अपराधिक गतिविधी नियन्त्रणमा सहकार्य गर्न जोड दिए ।

    images

    नेपाल–भारत सीमा नाकामा ओहोर दोहोर गर्ने नागरिकहरुलाई मर्यादित व्यवहार गर्न मन्त्री लेखकले आग्रह समेत गरे । भेटवार्तामा महानिर्देशकसहित एसएसबीका उच्च स्तरीय अधिकारीको टोली सहभागी थियो ।

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री
  • # रमेश लेखक