शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विमला गौचनको मृत्यु भएपछि गण्डकीमा स्याङ्जाकी सुनिता थापा सांसद बन्दै

एक्सप्रेस पाना
मंसिर २, २०८१ आइतबार
  • 274
    SHARES
  • विमला गौचनको मृत्यु भएपछि गण्डकीमा स्याङ्जाकी सुनिता थापा सांसद बन्दै

    काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् ।

    images

    गौचन प्रदेश सभाको समानुपातिकतर्फ आदिवासी जनजाति महिलाबाट सांसद बनेकी थिइन् ।

    निर्वाचनका बेला कांग्रेसले बुझाएको समानुपातिकतर्फको बन्दसूचीअनुसार आदिवासी/जनजाति क्लस्टरको १ नम्बरमा रहेकी गौचनको मृत्यु भएपछि अब पाँचौ नम्बरमा रहेकी स्याङ्जा चापाकोटकी थापा सांसद बन्ने भएकी हुन् ।

    images

    आदिवासी/जनजाति महिलातर्फबाट म्याग्दीकी गौचनसहित पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङ क्रमसंख्याअनुसार सामानुपातिक सांसद बनेका थिए । गौचनको निधन भएसँगै क्रमसंख्याअनुसार स्याङ्जाकी सुनिताले सांसद बन्ने अवसर पाउने निश्चित भएको छ । सांसद गौचनको गत २८ गते निधन भएको थियो ।

  • सम्बन्धित विषय:

  • # विमला गौचन
  • # सुनिता थापा