शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसबाट कृष्णमान डंगोलको उम्मेदवारी दर्ता

एक्सप्रेस पाना
मंसिर २, २०८१ आइतबार
  • 244
    SHARES
  • कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसबाट कृष्णमान डंगोलको उम्मेदवारी दर्ता

    काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोलले उम्मेदवारी दर्ता गरेका छन् ।

    images

    अगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि कांग्रेसबाट डंगोलले मनोनयन दर्ता गराएका हुन् । डंगोल कांग्रेसको नगर सभापति समेत हुन् ।   

    त्यस्तै किर्तिपुरको मेयरमा सरसफाइ अभियन्ता राजमान महर्जनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कीर्तिपुर नगरपालिकाको प्रमुख पद र दुई वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेको छ । र

    images

    त्यस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले कीर्तिपुर नगरपालिकाको प्रमुख पद र वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेको छ । एमालेबाट डा. सुरेन्द्र मानन्धर र माओवादी केन्द्रबाट प्रा. डा. शिवशरण महर्जन उम्मेदवारी दर्ता गरेका छन् ।

    कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा १६ मंसिरमा उपचुनाव हुदै छ 

  • सम्बन्धित विषय:

  • # कीर्तिपुर
  • # कृष्णमान डंगोल