शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पूर्वसभामुख ढुंगानाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन प्रधानमन्त्रीदेखी शिर्षनेताहरु सानो गौचरनमा

एक्सप्रेस पाना
मंसिर ३, २०८१ सोमबार
  • 273
    SHARES
  • पूर्वसभामुख ढुंगानाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन प्रधानमन्त्रीदेखी शिर्षनेताहरु सानो गौचरनमा

    काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिएको छ ।

    images

    सानो गौचरन पुगेर ढुंगानाको पार्थीव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुले पार्टीको झण्डा ओढाएका छन् । 

    कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । 

    images

    नेपाल सरकारले ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।

    सानोगौचरणमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने ढुंगानाको परिवारले जानकारी दिएको छ । 

  • सम्बन्धित विषय:

  • # पूर्वसभामुख